२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु



अ+ अ-

रुकुम पश्चिम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेका छन् । दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ ।  रासस