३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र युक्रेनद्वारा जेनेभा वार्तामा परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार



अ+ अ-

एजेन्सी । ह्वाइट हाउसले स्विट्जरल्याण्डको जेनेभामा भएको वार्ताका क्रममा संयुक्त राज्य अमेरिका र युक्रेनले अपडेट गरिएको र परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार पारेको बताएको छ ।

ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार आगामी दिनहरूमा संयुक्त प्रश्तावहरूमा काम जारी राख्न दुवै पक्ष सहमत भएका छन् । यस ढाँचा अन्तर्गत अन्तिम निर्णय युक्रेन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूले गर्नेछन् ।

विज्ञप्तिमा युक्रेनले संयुक्त राज्य अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेको पनि उल्लेख छ । यसअघि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा युक्रेनमाथि आलोचना गर्दै आफ्ना नेताहरूलाई कृतज्ञ नभएको आरोप लगाएका थिए ।

ह्वाइट हाउसले युक्रेन संकट अन्त्य गर्न २८–बुँदे योजनामा सम्झौताको लागि जोड दिँदै गर्दा संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका प्रतिनिधिहरू जेनेभामा भेटेका थिए ।