२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तरकारी खेतीले फेरिँदै जीवनशैली

तरकारी खेतीले फेरिँदै जीवनशैली
अ अ+ अ-

ढोरपाटन, (बागलुङ) । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै आफ्नो परिवार चलाउँछन् । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो ।

विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ । तर गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ । यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन् । बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ । धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पनि बढी हुनेहुँदा पछिल्लो समय अधिकांश स्थानीय तरकारीखेतीमा आबद्ध भएका हुन् ।

तरकारीखेतीबाट राम्रो आम्दानी हुने हुँदा लेखानीवासीले गर्दै आएको कर्म छिमेकी गाउँलेले पनि सिको गर्न थालेका छन् । पहिले बन्दा र काउली बजारबाट किनेर लैजाने स्थानीय अहिले हजारौँ किलो तरकारी बजार पठाउँछन् । व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयको जीवनस्तर सुधार हुँदै गएको स्थानीय लीलाधर कँडेलले बताउनुभयो । गाउँमै तरकारीखेती गरेर सहज रूपमा परिवार पाल्न सकिँदासकिँदै पनि धेरैले सहर रोज्ने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँमा सुन फलाउन सकिन्छ, तर गाउँका मान्छे कोही जापान, कोही कोरिया, कोही अमेरिका, कोही चितवन, पोखरा, काठमाडौँ गए, गाउँमा भएकाले खेती किसानी गर्न थालियो, सुरुमा त आफू जान नपाएकामा निरासा लाग्थ्यो, तर अहिले यहीँ खुसी लाग्छ, तरकारीले त गाउँका धेरैलाई खुसी दिएको छ, तरकारीखेती गरेका कोही पनि भोकै बस्नुपरेको छैन, राम्रै खान पाएका छन्, राम्रै लाउन पाएका छन् ।”

गाउँका किसानलाई स्थानीय पालिका र विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् । अनुदान र प्राविधिकसहित तालिम पाएका स्थानीय उत्साहित बनेका छन् । गाउँभरि प्लास्टिकका टनेल भेटिन्छन् । गाउँलेले तरकारीखेतीप्रति रुचि देखाएपछि दुई वर्ष अगाडि गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदानसमेत दिएको थियो । त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ ।

तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय लक्ष्मी कँडेलले बताउनुभयो । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै बजार नजिक रहेको हुँदा बिक्रीका लागि समस्या नभएको उहाँको भनाइ छ । गाउँबाट दैनिक गाडी बजार जानेआउने हुँदा तकारी पठाउन र सामान ल्याउनका लागि सहज भएको कँडेलले बताउनुभयो । सुरुमा एउटा बारीमा मात्र सुरु गरेको तरकारीखेती अहिले बढाएर तीन बारीमा गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“तरकारीखेती गर्नका लागि विभिन्न संस्थाले प्रेरित गरे, सुरुमा छिमेकी बसाइँ सरेर तराई जाँदा मलाई पनि जानुपर्छ कि भन्ने सोच आएको थियो, तर अहिले गाउँका छरछिमेक सबैले तरकारीखेती गर्न थालेपछि यहीँ रमाइलो लाग्न थाल्यो”, उहाँले भन्नुभयो, “बजार पाइँदैन कि भन्ने समस्या त छैन, कहिलेकाहीँ बाहिरबाट सस्तोमा तरकारी आउँदा हामीले पनि कम मूल्यमा दिनुपर्ने अवस्था आउँछ, राज्यले बाहिरबाट आउने तरकारीलाई रोक्न सके हामीजस्ता किसानले भनेको जस्तो मूल्य पाइन्थ्यो ।”

पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रु पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लीलप्रसाद कँडेलले बताउनुभयो । आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उहाँको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसान व्यावसायिक बन्दै गएको कँडेलले बताउनुभयो । रासस