५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रोफेसर डा ओमप्रकाश निरौलाको निधन, पशुपतिमा दाहसंस्कार



प्रोफेसर डा. ओमप्रकाश निरौला
अ+ अ-

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागका पूर्व प्रमुख, प्रोफेसर डा. ओमप्रकाश निरौलाको ६२ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार, प्रोफेसर निरौलाको यही मंसिर ४ गते राति हृदयघातका कारण निधन भएको थियो । उहाँको आज शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

दाहसंस्कारमा केन्द्रीय भौतिकशास्त्र विभागमा सेवारत प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा परिवार एवं आफन्तजनको उपस्थिति थियो । स्व. निरौलाका पत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यसैबीच, केन्द्रीय भौतिकशास्त्र विभागले एक विज्ञप्ति प्रकाशन गरी नेपालको भौतिकशास्त्र शिक्षा तथा अनुसन्धानको विकासमा उहाँले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेको छ । उहाँ एक उत्कृष्ट शिक्षक, समर्पित अनुसन्धानकर्ता र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, यस गम्भीर क्षणमा उहाँका परिवारजन, सहकर्मी, विद्यार्थी तथा सम्पूर्ण शैक्षिक परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । उहाँले देखाउनुभएको मार्ग, ज्ञान र प्रेरणा आगामी पुस्ताका वैज्ञानिकहरूका लागि दिगो प्रकाश बन्नेछ ।




भर्खरै