१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रोफेसर डा ओमप्रकाश निरौलाको निधन, पशुपतिमा दाहसंस्कार



प्रोफेसर डा. ओमप्रकाश निरौला
अ+ अ-

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागका पूर्व प्रमुख, प्रोफेसर डा. ओमप्रकाश निरौलाको ६२ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार, प्रोफेसर निरौलाको यही मंसिर ४ गते राति हृदयघातका कारण निधन भएको थियो । उहाँको आज शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

दाहसंस्कारमा केन्द्रीय भौतिकशास्त्र विभागमा सेवारत प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा परिवार एवं आफन्तजनको उपस्थिति थियो । स्व. निरौलाका पत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यसैबीच, केन्द्रीय भौतिकशास्त्र विभागले एक विज्ञप्ति प्रकाशन गरी नेपालको भौतिकशास्त्र शिक्षा तथा अनुसन्धानको विकासमा उहाँले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेको छ । उहाँ एक उत्कृष्ट शिक्षक, समर्पित अनुसन्धानकर्ता र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, यस गम्भीर क्षणमा उहाँका परिवारजन, सहकर्मी, विद्यार्थी तथा सम्पूर्ण शैक्षिक परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । उहाँले देखाउनुभएको मार्ग, ज्ञान र प्रेरणा आगामी पुस्ताका वैज्ञानिकहरूका लागि दिगो प्रकाश बन्नेछ ।