२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै

लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै
फाइल फाेटाे
अ अ+ अ-

लमजुङ । पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ ।

सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी यतिका क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताउनुभयो ।

यस आर्थिक वर्ष २०८२/०८३ मा यतिका प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०/५० प्रतिशत लगानीमा प्याज खेती सुरु गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको  सम्मान नौ हजार ८७५ खर्च हुने भएको छ । कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ ।

यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु भएको छ ।  कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ । एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यवसायीक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ । त्यस्तै आर्थिक वर्ष २०८१/२०८२ मा समेत ५० रोपनी जमीनमा  प्याज खेती विस्तार गरेको थियो । गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो ।

यस प्याज प्रवद्र्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ । बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङ बासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने छ । प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यवसायीक प्याज प्रवद्र्धन कार्यकम प्रभावकारी बन्दै आएको छ । रासस