१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा मोड्युलर पुल हस्तान्तरण



अ+ अ-

काठमाडौँ। भारत सरकारले ७० मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले हेटौँडामा आज आयोजित एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको दूतावासले जनाएको छ ।

पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारत सरकारले कूल १० वटा यस्ता ७० मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । रु ७३ करोडभन्दा बढी मूल्यका १० वटा बेलिब्रिजहरु भारतले अनुदानका आधारमा प्रदान गर्ने जनाएको छ ।

आज हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ । जहाँ सन् २०२५ अक्टोबरमा भारी वर्षा पछि सडक ‘कनेक्टिभिटी’ प्रभावित भएको थियो । गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले रु ४१ करोड बराबरका १० वटा ‘प्री–फ्याब्रिकेटेड’ स्टिल ब्रिज उपलब्ध गराएको थियो जसमध्ये चार वटा जडान भइसकेका छन् ।

कार्यक्रममा मन्त्री घिसिङले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै  छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । साथै उहाँले पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिनुभयो ।

राजदूत श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको र नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण प्रयासहरुका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताउनुभयो ।

पुनर्निर्माण तथा विपद् न्यूनीकरण प्रयासमा भारत सरकारले नेपाल सरकार र नेपाली जनतालाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्ध रहेको जनाएको छ । रासस