२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु
अ अ+ अ-

सिरहा । यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।

करिब रु ५० लाखको लागतमा निर्माण हुने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । लहानमा बढ्दो जनघनत्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दैनिक रूपमा हुने यात्रुको चापलाई धान्न वर्षौंदेखि पर्याप्त र आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो । शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले भन्नुभयो, “यहाँ सार्वजनिक शौचालयको आवश्यकता अत्यन्तै बढेको छ । अब हामी सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्दैछौँ ।”

अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट शौचालय’ बन्ने यस संरचनामा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच हुने व्यवस्था राखिने चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो शौचालय लहानका लागि नमूना संरचना बन्नेछ । चमेनागृह र स्तनपान कक्षदेखि सेनेटरी प्याड भण्डारणसम्मका सुविधा एउटै स्थानमा उपलब्ध गराइनेछ ।”

शौचालयको माथिल्लो तलामा कफी सप सञ्चालन गरिनेछ भने भुइँतलामा आधुनिक सुविधासहितको चारपाङ्ग्रे सवारी धुने केन्द्र निर्माण हुनेछ । साथै एक भागमा विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’समेत रहनेछ, जसले भविष्यमा बढ्दै गएको विद्युतीय सवारीको प्रयोगलाई सहयोग गर्नेछ ।

लहानका दलित तथा मुसहर समुदाय बहुल क्षेत्रमा विगतदेखि नै सरसफाइ चुनौतीपूर्ण रहेको आएको छ । दलित जनकल्याण युवा क्लबले नगरका विभिन्न स्थानमा करिब १५ वटा सामुदायिक शौचालय निर्माण गरिसकेको भए पनि कमजोर व्यवस्थापनका कारण तीमध्ये कतिपय प्रयोगविहीन हुने स्थितिमा पुगेका छन् । यो अवस्थाबारे संस्थाका कार्यकारी निर्देशक विनोद विसुङ्केले भन्नुभयो, “सुविधाका लागि संरचना बनाइए पनि व्यवस्थापनमा कमी हुँदा कतिपय शौचालय प्रयोगविहीन बन्न पुगेका छन् ।”

नगरपालिकाले अब ती संरचनाहरूलाई पनि स्तरोन्नति गरी भौतिक गुणस्तर र सेवासुविधा सुधार गर्ने तयारी गरेको छ । नगरप्रमुख चौधरीले सामुदायिक, निजी तथा संस्थागत सहकार्यमा सार्वजनिक–निजी साझेदारी नीतिअनुसार आधुनिक सुविधा बिस्तार गरिने जानकारी दिनुभयो ।

लहानमा सुरु भएको आधुनिक सार्वजनिक शौचालय परियोजनाले सहरलाई स्वच्छ, सुरक्षित तथा पर्यटकमैत्री बनाउन योगदान पुग्ने विश्वास गरिएको छ । विश्व शौचालय दिवसको अवसर पारेर नगरपालिकाले बुधबारदेखि दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ । रासस