३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ ।

मकालु आधार शिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो ।

मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलबार मृत्यु भएको हो । मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार आज दिउँसो प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्ड तीन जनाको टोली घटनास्थल पुगेको थियो ।

घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण आज दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको हो । मृतकको शव हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्दछ । मकालु आधार शिविरमा अहिलेसम्म यातायात र सञ्चार पहुँच पुग्न सकेको छैन ।  रासस