काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले नेताहरुको भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।
सिमरा घटना दुस्खद भएको भन्दै उहाँले प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण गराउदै एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भनेर प्रश्न गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-
सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?
एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ ! GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं ! तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन ! त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो !
सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन् ! अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो !निषेधको राजनीति कसैले नगरौं !










