१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटिङ र बलिङ दुवै युनिट राम्रो भएनः सोमपाल



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो गर्न नसक्दा चितवन राइनोजसँग हार व्यहोरेको बताएका छन् ।

एनपिएलको पहिलो खेलमा चितवनसँग हार व्यहोरेपछि कर्णालीका कप्तान सोमपालले ब्याटिङ  बलिङ दुवैमा राम्रो गर्न नसकिएको बताएका हुन् ।

ओपनर प्रियान्क पन्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्नुले पनि इनिङमा रन कम भएको उनले उल्लेख गरेका छन् । त्यसैले पनि २० रन जति कम परेको कप्तान सोमपालको भनाइ छ । उनले चितवनले पनि धेरै राम्रो ब्याटिङ गरेको बताए । विदेशी खेलाडीलाई नयाँ पिचमा खेल्न गाह्रो हुने र आफ्ना केही खेलाडीका लागि पनि असहज भएको उनको बुझाइ छ ।

उनले अभैm खेल बाँकी रहेको र कमब्याक गर्ने आशा व्यक्त गरेका छन् । सबैलाई आफ्नो भूमिका दिइएको र त्यसप्रति खेलाडी पनि तयार नै रहेको उनले उल्लेख गरे । नन्दन यादवले सैब जैबको क्याच छाड्नुलाई उनले खेलको कुनै एक पक्ष रहेको र हारमा उनलाई दोष दिन नमिल्ने उनले बताएका छन् ।

चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सुरुआत नराम्रो भए पनि योजनाअनुरूप ब्याटिङ भएपछि जित निस्किएको बताए । मिडल ओभरमा राम्रो साझेदारी आवश्यक हुँदा आफ्ना खेलाडीले राम्रो खेलेको उनको भनाइ छ । रबि बोपारा र सैब जैबले पनि राम्रो ब्याटिङ गरेको भन्दै उनले प्रंशसा गरेका छन् । पिच स्पिनरका लागि फेबर हुने खालको नभएकाले कुशल मल्लले धेरै रन व्यहोर्नु परेको उनी बताउँछन् । विदेशी र घरेलु खेलाडी राम्रो भएकाले राम्रो नतिजा आउने उनको विश्वास छ । पिच बलिङका लागि भन्दा ब्याटिङमा मद्दत पुग्ने खालको रहेको उनले उल्लेख गरे ।