६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु



अ+ अ-

सिरहा। लहानमा अब कानसम्बन्धी जटिल समस्या लिएर सङ्घीय राजधानी वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्दै गएको छ ।

लहान–३ अस्पताल चोक नजिकै आजदेखि ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’मार्फत आधुनिक उपचार सुरु गरिएको छ । लहान नगर प्रमुख महेशप्रसाद चौधरीले स्थानीयस्तरमै उपलब्ध यो सेवाले कानसम्बन्धी उपचारमा खर्च र समय दुवै बचत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयस्तरमै उपलब्ध यो केन्द्रले कानसम्बन्धी उपचारमा नगरवासीलाई ठुलो राहत दिने विश्वास गरेको छु । केन्द्रले सबै वर्गका बिरामीलाई सहज शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक छ ।”

केन्द्रका अध्यक्ष डा ऋषि भट्टका अनुसार केन्द्रमा आधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टिममार्फत नियमित सेवा प्रदान गरिनेछ ।

दूरबिनको सहयोगमा बिनाचिरफार हुने कानका नाजुक शल्यक्रियादेखि जाली टाल्ने, जाली फेर्ने, कानको हड्डी खिइने वा जाम हुने समस्या, कान पाक्ने, कम सुनिने, रिँगटा लाग्नेजस्ता विभिन्न समस्याको उपचार यहाँबाट सहजै पाउन सकिने उहाँले बताउनुभयो ।

विपन्न वर्गलाई लक्षित गर्दै केन्द्रले पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरङ्ग सेवामा शत प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।रासस