१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सोमवार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरुले दल दर्ताका लागि आयोगमा निवेदन पेश गर्नुभएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिनुभयो । उहाँले विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको समेत बताउनु भयो ।

नेतृ अधिकारीले भन्नुभयो, ‘हामी निर्वाचन केन्द्रित भएका छौ । हाम्रा सम्पूण गतिविधि निर्वाचनसँग सम्बन्धित छन् । बैकल्पिक शक्तिहरुको पनि निर्णायक भुमिका खेलिरहेको हाम्रो पार्टी जिम्मेवारी बोधका साथ लागेका छौँ । हामीले विधिको शासन, नागरिकको सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि हामी सबै फागुन २१ को निर्वाचनमा होमिनु पर्दछ भन्ने निष्कर्ष निकालेका छौँ ।’

त्यस अवसरमा नेतृ अधिकारीले जेन–जी आन्दोलनपछि सबै भन्दा पहिला मुलुकलाई निर्वाचनमा लैजानुपर्छ भनेर माग गर्ने पार्टी नै रास्वपा रहेको दाबी समेत गर्नुभयो ।