२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’



अ+ अ-

विराटनगर। स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको सरोकार भएकाहरूले बताएका छन् । करार सेवामा रहनेको सेवा अवधि निश्चित नहुने तथा उनीहरूको कार्य स्थायित्व नहुने  भएकाले स्थायी जनशक्ति नै सेवामा जवाफदेहिताको आधार हुने सरोकार भएकाहरूको मत छ ।

स्वास्थ्य कार्यक्रमहरूको कोशी प्रदेशस्तरीय एकीकृत समीक्षा कार्यक्रममा आज सरोकार भएकाहरूले हाल स्वास्थ्य सेवामा आवश्यक स्थायी जनशक्तिमध्ये करिब ५० प्रतिशत दरबन्दी खाली रहेको र त्यसले सेवा प्रवाहमा नै असर परेको धारणा राखेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले स्थायी जनशक्ति भए मात्र सेवाग्राहीले अनुभूत गर्ने गरी गुणस्तर कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राही सन्तुष्ट भए मात्रै सेवा राम्रो मानिन्छ । स्थायी जनशक्ति हुँदा तालिम, सीप र कार्यक्षमता विकास हुने भएकाले गुणस्तर सुनिश्चित हुन्छ ।”

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले पनि स्थायी संरचना नहुँदासम्म गुणस्तरीय सेवा दिन चुनौती रहने उल्लेख गर्नुभयो । करारबाट जनशक्ति लिएर तत्कालका आवश्यकता टारिए पनि यसबाट दीर्घकालीन समाधान भने नहुने उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले गुणस्तरीय सेवा प्रवाहका लागि नियमित अनुगमनमा जोड दिनुपर्ने र आफूहरू यस कार्यमा लागिरहेको बताउनुभयो । उहाँले वार्षिक कार्ययोजनाका आधारमा स्थलगत अनुगमन गर्ने अभ्यासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

शुक्रबारदेखि सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालय, मातहतका निकाय, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू सहभागी छन । कार्यक्रम आइतबार सम्पन्न हुने जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले बताउनुभयो ।  रासस