९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा परित्याग गरेका सन्तोष परियार जनार्दन शर्माको टिममा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रबाट अलग भएर नयाँ राजनीतिक संरचना निर्माणमा जुटिरहेका नेता जनार्दन शर्माको टिमसँग औपचारिक रूपमा जोडिएका छन्।

यसै टिममार्फत नयाँ दल दर्ता गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको स्रोतहरू बताउँछन्। माओवादी केन्द्र विघटनपछि जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ नामक संरचनाको घोषणा गरेका थिए। सो अभियानमा सुदन किराँती, राम कार्की, अञ्जना विशंखे लगायत माओवादीका पूर्व नेताहरू सक्रिय छन्।

यस्तोमा रास्वपा छोडेका परियारले उक्त टिममा महत्वपूर्ण भूमिकासहित सहभागी हुने तय भएको छ।

प्रगतिशील अभियानमा अन्य दल तथा अभियन्तासँग पनि संवाद भइरहेको छ। विवेकशील पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना अभियानसँग निरन्तर छलफलमै रहेको बताइन्छ। त्यस्तै, डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि अभियानमा सहभागी हुनसक्ने चर्चा राजनीतिक वृत्तमा फैलिएको छ।

स्रोतका अनुसार परियार केही समयदेखि जनार्दन शर्माको टिमसँग संवादमा थिए। रास्वपाका सीमित नेताहरू मात्र उनको पार्टी छोड्ने निर्णयबारे अवगत थिए भने अन्यका लागि यो कदम ‘अचानक’ रूपमा आएको बताइन्छ।

परियारले रास्वपामा पेश गरेको राजीनामा पत्रमा भने कुनै असन्तुष्टि व्यक्त गरेका छैनन्। उनले नयाँ अभियान सुरु गर्नुपर्ने भएकाले रास्वपामा रहिरहन नसक्ने उल्लेख गरेका छन्।

उनको यो कदमसँगै माओवादी पृष्ठभूमिका नेताहरूको नयाँ राजनीतिक एकता प्रयास थप तीव्र बन्दै गएको बुझिएको छ।