२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ
अ अ+ अ-

सिन्धुली। तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही कात्तिक १७ गते घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो । यही कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास अभियान थालेको थियो ।

घाँटीमा सलले कसेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले दुधौली नगरपालिका–१३ का २९ वर्षीय बुद्धबहादुर कामी, दुधौली–१२ का अर्जुन विक र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का २६ वर्षीय धर्मराज रामलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा घटनामा दुधौली–१३ का सूर्यबहादुर कामी र उनका भाञ्जा टङ्कबहादुर कामी संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

सूर्यबहादुरलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो । उनले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका छन् । घटनामा संलग्न भनिएका सूर्यबहादुरका भाञ्जा टङ्कबहादुरलाई दुधौली–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

मृतक छत्रकुमारीको मोबाइल फोन अभियुक्त सूर्यबहादुरले फ्याँकेको ठाउँबाट प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सलले घाँटी थिची गरिएको पुष्टि भएको छ । प्रारम्भिक बयानअनुसार अवैध सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ । लामो समयदेखि अवैध सम्बन्ध रहेको र अरुले थाहा पाउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक छत्रकुमारीका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा काम गर्दै आएका छन् । घटनाको थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिको खोजी तथा प्रमाण सङ्कलन कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । रासस