२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति



अ+ अ-

एजेन्सी । टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमती दिएको बताइएको छ ।

अप्रिल देखि देशभर जनावरको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको जनाइएको छ भने लगभग दिनहु जसो भालुहरू घरभित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट गरिएको छ ।

सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न खोजिरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या, द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्या लगायतका कारणले आक्रमण बढी रहेको बताएका छन् ।

अधिकांश आक्रमणहरू भएका अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा बिहीबार एक समारोह आयोजना गरि प्रहरीलाई जनधनको सुरक्षाको लागि भालुहरूलाई गोली हान्न राइफल लगायतका हतियार प्रयोग गर्न अनुमति दिएको हो ।

गत हप्ताको घोषणा पछि हातहतियार सम्बन्धि नियमहरूमा परिवर्तन गरी बिहीबार देखि लागु भएको स्थानीय अधिकारीहरूलाई उदृत गरी एएफपीले जनाएको छ ।

टोकियो स्थित अमेरिकी दूतावासले बुधबार आफ्नो वेबसाइटमा चेतावनी जारी गर्दै मानिसहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन पूर्ण रूपमा भालुबाट टाढा रहन चेतावनी दिएको छ ।

बेलायती सरकारले पनि यात्रुहरूलाई भालुहरू देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिन आग्रह गरेको छ ।

पछिल्लो समयमा जापानमा नियमित रूपमा आक्रमणहरू भएका छन् ।

इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार, एउटा भालुको बच्चा देखा परे पछि रनवे करीव एक घण्टाका लागि बन्द हुदाँ दुई वटा घरेलु उडानहरू ढिलाइ भएको स्थानीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जापानले पनि गत हप्ता देखि अकिता क्षेत्रमा सैनिकहरू तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकहरूलाई भालुहरूको सिकार गर्ने अनुमती भने दिएको छैन ।