२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो ।

सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो । मन्त्री अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरकिो मनोबल उच्च बनाउँदै जेन—जी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजि गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो । उहाँले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरकिो मनोबल उच्च बनाउँदै जेन—जी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजि गरी कारबाहीको दायरामा ल्याउन, जेलबाट भागेका फरार कैदीबन्दीलाई पुनः जेलमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिने ।’

समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा सरकारस्ँग छलफल गरेको हो ।