३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ



अ+ अ-

काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गर्नुभएको छ । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्राय: चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आउनुभएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्रमा उहाँको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।”

निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बताउनुभयो । उक्त चलचित्रमा नव अभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ अन्तरराष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताउनुभयो ।

“हामीले बजार विस्तार र वृद्धिलाई सोचेर चलचित्र बनाउनु पर्छ । बजार र दर्शक बढाउने गरी हामीले काम गरेमा मात्र आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्”, निर्देशक चाम्सले भन्नुभयो ।

यसअघि उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा ढालेर प्रदर्शन गरिएको पहिलोपटक थियो ।

निर्देशक चाम्सले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो । रासस