२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासको सबैभन्दा अनौठो युद्ध, जब दुई राज्यहरू केवल एक बाल्टिनको लागि लडे



अ+ अ-

एजेन्सी। विश्वमा धेरै भयावह युद्धहरू भएका छन्, जसले इतिहासमा आफ्नो छाप छोडेका छन्। ती युद्धहरूमा हजारौं–लाखौं मानिसहरूले ज्यान गुमाए।

अधिकांश युद्धहरूको कारण कुनै राज्यमाथि कब्जा गरी आफ्नो सत्ता विस्तार गर्नु नै थियो। तर सयौं वर्षअघि एउटा यस्तो युद्ध भएको थियो, जसको कारण केवल एउटा बाल्टी थियो। यो कुरा अचम्मलाग्दो अवश्य लाग्छ, तर यो साँचो हो।

यो घटना सन् १३२५ को हो। त्यस समयमा इटालीमा धार्मिक तनाव निकै बढेको थियो। त्यहाँका दुई राज्य — बोलोग्ना र मोडेना —बीच प्रायः झगडा र साना–ठूला युद्धहरू भइरहन्थे।

बोलोग्नालाई ईसाई धर्मगुरु पोपको समर्थन प्राप्त थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन मिलेको थियो। बोलोग्नाका मानिसहरू मान्थे कि पोप नै ईसाई धर्मका सच्चा गुरु हुन्, जबकि मोडेनाका मानिसहरूको विश्वास थियो कि रोमन सम्राट नै असली गुरु हुन्।

यी दुई राज्यबीच सन् १२९६ मै एक युद्ध भइसकेको थियो, जसपछि उनीहरूबीच लगातार तनाव रहँदै आएको थियो। इतिहासकारका अनुसार, रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना निकै आक्रामक बनेको थियो र प्रायः बोलोग्नामाथि आक्रमण गरिरहन्थ्यो।

यो तनाव अन्ततः ठूलो युद्धमा बदलियो, जब सन् १३२५ मा मोडेनाका केही सैनिकहरू चोरी–छिपी बोलोग्नाको एउटा किल्लामा प्रवेश गरेर त्यहाँबाट काठको बाल्टी चोरे। भनिन्छ, ती बाल्टी रत्न–जवाहरातले भरिएको थियो।

जब उक्त बाल्टी चोरी भएको कुरा बोलोग्नाको सेनालाई थाहा भयो, उनले मोडेनालाई ती फिर्ता गर्न माग गरे, तर मोडेनाले त्यसलाई अस्वीकार गर्‍यो। त्यसपछि बोलोग्नाले मोडेनाविरुद्ध युद्ध घोषणा गर्‍यो।

त्यो समयमा बोलोग्नाको सेना करिब ३२ हजार सैनिकको थियो, जबकि मोडेनासँग केवल ७ हजार सैनिक थिए। बिहान सुरु भएको युद्ध मध्यरातसम्म चल्यो। आश्चर्यजनक कुरा के थियो भने — कम सैनिक हुँदाहुँदै पनि यस युद्धमा मोडेनाले जित हासिल गर्‍यो।

यस भिडन्तमा दुई हजारभन्दा बढी सैनिकहरूको मृत्यु भएको थियो। बोलोग्ना र मोडेना बीच भएको यो युद्ध इतिहासमा “वॉर अफ द बकेट”का नामले प्रसिद्ध छ। आज पनि त्यो बाल्टी एक संग्रहालय (म्युजियम)मा सुरक्षित राखिएको छ — जसका लागि एक भयानक युद्ध लडिएको थियो।