५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम संगम पाल्पा (फोटो फिचर)



अ+ अ-

पाल्पा । नाम सुन्दैमा पाल्पालाई जो–कोहीले पनि सुन्दर जिल्लाको कल्पना गर्छ । नभन्दै पाल्पा आफैंमा सुन्दर पनि छ । प्राकृतिक मात्र होइन, संस्कृतिले पनि धनी पाल्पा पर्यटकीय जिल्ला पनि हो ।

पश्चिम नेपालको पाल्पा नेपाल एकीकरणभन्दा पहिलेदेखिकै प्रसिद्ध सहर तानसेन भएको जिल्ला हो । सेन राजाहरूको राजधानी भएका कारण उसैबेलादेखि सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले सम्पन्न यो सहर त्यस क्षेत्रको आर्थिक तथा शैक्षिक गतिविधिको केन्द्र पनि थियो ।

ऐतिहासिकता, भौगोलिक बनोट, धार्मिकरुपमा प्रसिद्ध स्थलहरूको संगम पनि हो पाल्पा ।

भौतिक विकास र जनघनत्वका कारण तानसेन सहर भए पनि मूलत: प्राकृतिक सौन्दर्यले धनी ठाउँ हो ।

महाभारत पर्वत शृंखलाको माथिल्लो ठाउँमा रहेको पाल्पाबाट उत्तरमा निम्नोन्नत पर्वतीय भूभाग एवम् माछापुच्छे, अन्नपूर्ण र धवलागिरि हिमाल देख्न सकिन्छ । दक्षिणमा बालीनालीले भरिपूर्ण फाँट देख्न पाइन्छ । जातीय विविधतायुक्त पाल्पा धार्मिक सांस्कृतिक दृष्टिले सम्पन्न जिल्ला हो ।

यहाँ विविधतापूर्ण नेपाली संस्कृतिको सजीवता देख्न पाइन्छ । विविधता भए पनि सबैका बीचमा सहिष्णुता र एकताको भावले गर्दा पाल्पावासीमा मेलमिलाप छ ।

पाल्पाका प्राकृतिक स्रोत, कृषि उपज, भौतिक संरचना, बाटाघाटा, उद्यान, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चारजगतमा भएका प्रगति, पर्यटकीय स्थल, मठमन्दिर प्रसस्त मात्रामा छन् ।

भैरवस्थान, रम्भादेवी, ऋषीकेश मन्दिर, सत्यवती ताल, रणउजिरेश्वरी आदि देवीदेवताका मन्दिर छन् ।

यो जिल्लाको सदरमुकाम तानसेनमा पर्दछ भने यसको क्षेत्रफल १३७३ वर्ग किलोमिटर छ । पाल्पाको कुल जनसंख्या २ लाख ६१ हजार १८० छ । जसमध्ये पुरुष १ लाख १५ हजार ८४० र महिला १ लाख ४५ हजार ३४० छन् ।

दुई वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रादेशिक निर्वाचन क्षेत्र रही स्थानीय तहको पुन: संरचना पश्चात १० वटा स्थानीय तहमा विभाजन गरिएको छ । पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका छन् । जसमा जम्मा ८१ वटा वडा छन् ।

फोटो :  मिथुन कुँवर