१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नुपर्छः भावना राउत



अ+ अ-

काठमाडौँ । जेन–जी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताउनु भएको छ ।

नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताउनु भयो । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुशरण गरेर अघि बढ्ने उहाँको भनाई थियो । अभियन्ता राउतले जेनजी पुस्ताले पनि मुलुकलाई निकास दिनका लागि राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो चुनाव सोलुसन होइन भन्दागर्दा लोकतन्त्रको डेडलकमा गएर कहाँ हिट गर्ने भन्ने कुरा अलिकति हामीपनि राजनीतिक भाषा बोल्न सुझबुझका साथ आउनुपर्छ जस्तो लाग्छ । मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एउटा मात्रै अवस्था भनेको चुनाव हो । संविधान बनाउँदाखेरी संविधान सभाबाट पारित संविधान हो यो हाम्रो । यो संविधानलाई यत्तिकै छुन पाइँदैन । म यो संविधान मान्छु, संघीयता मान्छु । धर्मनिरपेक्षता पनि मान्छु । म लोकतन्त्र पनि मान्छु । यति भन्दैगर्दा संविधान रिफर्म हुनुहुन्न भनेको होइन । संविधान रिफर्म गर्नका लागि विगत १० वर्षमा भएका गल्ती एउटा आयोग बनाएर जुन जननिर्वाचित संसद आउँछ । त्यो संसदको पहिलो काम नै संविधान संशोधन गर्ने एजेण्डासहित उनीहरु निर्वाचनमा जानुपर्छ ।’

अभियन्ता राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नेगरी निर्वाचनको एजेण्डा बनाएर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।