२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र प्रहरी महानिरीक्षक खापुङबीच भेटवार्ता



अ+ अ-

काठमाडौं: एनआरएन (गैर आवासीय नेपाली संघ) दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङबीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ता काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी मुख्यालयमा भएको थियो। सो अवसरमा साउथ सुडानको वर्तमान अवस्था, त्यहाँ शान्ति स्थापनार्थ खटिएका नेपाली प्रहरी र सेनाको सुरक्षा स्थिति तथा कार्यसम्पादनबारे छलफल भएको थियो। अध्यक्ष पाद्यले साउथ सुडानमा रहेका नेपाली कम्युनिटी तथा गैर आवासीय नेपालीहरूको अवस्था र उनीहरूको सुरक्षासम्बन्धी जानकारी पनि साझा गरेका थिए।

भेटका क्रममा दुवै पक्षबीच आपसी सहयोग र समन्वय अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। अन्त्यमा, अध्यक्ष पाद्य र महानिरीक्षक खापुङबीच शुभकामना आदान–प्रदान समेत गरिएको थियो।