६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

‘जेन–जी समूहहरु नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ले चल्न थाले, एकता असम्भव’

‘जेन–जी समूहहरु नै आईएनजीओ र एनजीओको ‘फण्डिङ’ले चल्न थाले, एकता असम्भव’
अ+ अ-

काठमाडौं। जेन–जी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेन–जी समूहहरुले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

आईतवार काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेन–जी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । जेन–जी समूहहरुको विभागजन र स्वार्थी प्रवृत्तिका कारण जेन–जी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे । जेन–जी प्रतिनिधि अबिन मयाङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भएपनि केही जेन–जी समूहहरु सत्ताकै पछि दौडिरहेको आरोप लगाउनु भयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भएपनि कोही जेन–जी समूह वा व्यक्ति सहभागि नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘हामीले तीन वटा मुद्दा बोकेर  आन्दोलन गरेका हौं। तीनज मुद्दाबाट केही जेनजी अगुवा भन्नेहरुले चार वटामा किन सारिराखेको ? हामीले हिजो मात्रै पनि जेनजी समूहको एकताका लागि प्रयास गर्यौं । सबैलाई आह्वान ग¥यौं कोही आउनुभएन । उहाँहरु स्वार्थी समूहहरु हो । उहाँहरु आउनुहुन्न । जेन–जी भन्नेहरुलाई पार्टी, एनजीओ र आईएनजीओहरुले पछाडिबाट फण्डिङ गरेको छ। आयो भने भोलिको दिनमा फण्डिङ रोकिन्छ । त्यसकारण एकता सम्भव छैन । यदि एकताका लागि सबै जेन–जी समूहहरु आउनुहुन्छ भने हामी एकताका लागि तयार छौं।’

जेन–जीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राख्नुभयो।  उहाँले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२  सालमा गर्नको लागि मात्र आफूहरुले आन्दोलन नगरेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु सम्बोधन नभए फेरी आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो। उहाँले जेन–जी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिएपनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनु भयो।

उहाँले भन्नुभयो, ‘२०८४ सालमा हुने चुनाव २०८२ मै गर्नको  लागि त हाम्रा साथिहरु रगत बगाउनु भएको होइन । चुनाव मात्रै गरेर देशको अहिलेको समस्याहरु हल हुन्छन् त ? हाम्रा कतिपय साथिहरु जेनजीहरुको युनिफिकेसनको लागि कामहरु गरिरहनुभएको छ। यदि जेनजीले उठाएका मागहरु सम्बोधन हुने स्थिति भएन भने सबै जेन–जी समूह मिलेर हामी फेरि आन्दोलन गर्नुपर्ने स्थिति आउनसक्छ । हामीले जेजनीका माग र शहीदलाई न्याय दिनको लागि प्रधानमन्त्रीज्यूलाई निवेदन दियौं तर उहाँहरुको आश्वासन फिक्का हुँदै गइरहेका छन्।’

त्यस्तै, ज्योतिका फुर्केलीले जेन–जी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताउनु भयो। उहाँले जेन–जी  आन्दोलनले निकास नपाए समाजमा जेन–जी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भयो। उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गर्नुभयो।

उहाँले भन्नुभयो, ‘हामी ले मुलुकको आमुल परिवर्तनको लागि आन्दोलन ग¥यौँ। अहिले जेन–जी अभियानहरु नै एकआपसमा बाँझिदा पुरानै राजनीतिक शक्तिहरु राज्यसत्तामा आउन तयारी अवस्थामा छन्। हामी जेन–जीहरुलाई त उनीहरुले अहिले नै आतंककारी घोषणा गरिसकेका छन्। अहिले गाउँमा जेनजी भन्यो भने आतंककारी भन्ने स्थिति सिर्जना हुनुमा हामीहरुकै हात छ नि। त्यसैले अब हामी सबै एकजुट भएर जेनजी आन्दोलनका मागहरु पूरा गर्नतर्फ अगाडि बढ्नुपर्छ ।’ 

फुर्केलीले सबै जेन–जी समूहलाई एकजुट भई मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गर्नुभयो।