२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द भएको चार घण्टापछि पुन: सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भएको के थियो ?



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको चार घण्टापछि पुन: सञ्चालनमा आएको छ । साँझ साढे ५ बजेदेखि बन्द भएको विमानस्थल राति ९ बजेर ३६ मिनेटमा खुलेको हो ।

धावन मार्गमा अकस्मात बिजुली अवरुद्ध भएपछि विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पूर्णरुपमा बन्द भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुन: सञ्चालन गरी विमानस्थल सञ्चालनमा ल्याइएको बताएका छन् ।

विमानस्थल पुन: सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुन: सुरु भएका छन् ।

के कारणले यो समस्या आएको हो भन्नेबारे प्राधिकरणले थप अध्ययन गर्ने भएको छ ।

लामो समय लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भएका थिए भने केहीलाई अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।