६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना

नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना
अ+ अ-

काठमाडौँ । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ ।
समितिले शनिवार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिको लागि शनिवार सर्टलिस्टमा परेकाहरुलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो ।

कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो । धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो । नेपाल स्काउट शुद्धिकरण समितको संयोजक देवदुत अधिकारीले  निर्देशक पदको लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताउनु भयो । बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको उहाँको भनाई छ ।

उहाँले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधिन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताउनु भयो । निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर आयुक्त बनाएको उहाँको आरोप छ । उहाँले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानविन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताउनु भयो । प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘निर्देशक पदको लागि भ्याकेन्सी आह्वान गरिएको थियो । जुन निर्देशक पदमा बहालवाला निर्देशक हुँदाहुँदै भ्याकेन्सी आह्वान गरेर आज यहाँ ईन्टरभ्युको लागी बोलाइरहेको छ । यो हामीले मान्यता हुँदैन भनेर भनिरहेका छौँ । अर्को के त भने निर्वाचित भएको प्रमुख आयुक्तलाई यो भन्दा अगाडीको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर तेजुलाल चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर यहाँको आयुक्त बनाएको छ । अहिले विवादित भएर सर्वोच्च अदालतमा विचाराधीन छ, मुद्दा । अहिले हामीले यहाँ के उठाइरहेका छौँ भने विकृत्ति, विसंगति र भ्रष्टाचार व्याप्त छ । निज निर्देशकले रजीनामा लिइसकेपछि पनि हाम्रो छानविन कमिटी १३ दिनसम्म रिले अनसन र ८ दिनसम्म आमरण अनसन बसेको छानविन कमिटिको प्रतिवेदन सार्वजानिक गर र त्यो प्रतिवेदनको आधारमा कडा भन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग हो ।’

स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरेपनि तत्कालिन मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाउनुभएको बताउनु भयो । कानुनी प्रक्रिया नपु¥याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उहाँले जानकारी दिनुभयो । हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उहाँको जिकिर छ । विषम परिस्थितिमा पनि हतार हतार गरेर नियुक्त गर्न खोजिएको उहाँले दाबी गर्नुभयो । उहाँले निर्देशकले राजिनामा दिएको भनिएपनि नयाँ निर्देशक चयन प्रक्रियामा समावेश भएको बताउनुभयो । उहाँले विज्ञापन निकाल्दाखेरी पनि जालझेल गरेको आरोप लगाउनुभयो । जोईन्ट सेक्रेटरी सरहको पदको लागी विज्ञापन आह्वान गरेपनि न्युनतम शैक्षिक योग्यता स्नातक तह राखिएको बताउनु भयो । उहाँले आफ्नो मान्छे नियुक्ती गर्नलागी शैक्षिक योग्यता घटाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म प्रमुख आयुक्त पदमा २०८० साल फागुन १३ गते राष्ट्रिय परिषद्को , राष्ट्रिय परिषद् भनेको नेपाल स्काउटको सर्वोच्च निकाय । निर्विाचित पदाधिकारीहरु बस्ने ठाउँ, नेपालको प्रतिनिधि सभाजस्तै हो, नेपाल स्काउटको लागि । त्यो बैठकले नियुक्ति गरेको माननीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मलाई दफा १६ अनुसारको ४ वर्षको लागी भनेर नियुक्ती गरेको प्रमुख आयुक्त पदमा । तर पछिल्लो मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै मलाई हटाइयो । कानूनी प्रक्रिया नपुगीकन हटाईयो । अहिले उहाँको आफ्नो मान्छे देवराज घिमिरे भन्नेलाई कानूनी प्रक्रिया नपु¥याईकन प्रमुख आयुक्त बनाईएको छ । त्यो हुनाले मैले मुद्दा हालेको छु । मेरो मुद्दा चलिरहेको छ । त्यसकारण मेरो भनाई के हो भने यो निर्देशक भ्याकेन्सी निकालेर अहिले यो जुन विषम परिस्थितिमा पनि हतार हतार गरेर यो नियुक्त गर्न खोजिएको छ, त्यो मिलेको छैन । कानुन प्रक्रिया मिलेको छैन भन्ने हाम्रो भनाई हो । निर्देशकले राजिनामा दिएको भने छ तर अहिले माथि ईन्टरभ्यूमा बसिरहेको छ । यो एकदम सुशासनको गलत भो । अर्को कुरा के हो भने विज्ञापन निकाल्दाखेरी जोईन्छ सेक्रेटरी सरहको पद भनिएको छ । भनेको नेपाल सरकारको सहसचिव स्तरको पद हो । सहसचिवस्तको पदको लागी न्युनतम शैक्षिक योग्यता भनेको ८÷१० वर्ष अनुभवी, उपसचिवमा बसको र स्नाकोतर गरेको हुनुपर्छ । यहाँ विज्ञापनमा के भनिएको छ भने आफ्नो मान्छे ल्याउनको लागी स्नातक भनिएको छ ।’

उहाँले हाल सर्ट लिस्टमा नाम निकालेको अर्पण कार्की परीक्षा हुनुभन्दा एक दिन अगाडीसम्म स्काउटको कार्यालयमा आउने गरेको आरोप लगाउनु भयो । कार्की प्रमुख आयुक्त घिमिरे र निर्देशक रामप्रसाद भट्टराईको आफ्नै साथी रहेको उहाँको दाबी छ । उहाँले आफ्नै साथी भएपछि प्रश्नपत्र बाहिरिँदैन भन्ने प्रश्न समेत उठाउनु भयो । उहाँले निर्देशक पदको लिखित परीक्षा र अन्तर्वार्ता रोक्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय शतर्कता केन्द्रमा पनि आफूहरुले उजुरी दिएको जानकारी दिनुभयो ।