३ श्रावण २०८३, आईतवार
,
Latest
फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’ सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै बालसुधार गृहको अवस्था सुधार गर्न संसदीय समितिको सरकारलाई चारबुँदे निर्देशन बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकार वन्तको लेन्सले देखेको शानदोङ्गको जीवन संस्कृति (फोटो फिचर)



अ+ अ-

काठमाडौं । फोटो पत्रकार प्रदीपराज वन्त चीनको शानदोङ्गमा सम्पन्न फोटो महोत्सवमा भाग लिएर नेपाल फर्किएका छन् । उनले शानदोङ्गका अद्भूत कलाकृतिका तस्वीरहरू कैद गरेका छन् । त्यस महोत्सवका बारेमा पत्रकार वन्त यसो भन्छन्ः

“चीनको शानडोंग प्रान्तमा सम्पन्न अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील शानडोंग” मा सहभागिता जनाएर फकिएको हुँ ।

सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म चलेको उक्त महोत्सवमा नेपालसहित जापान, भियतनाम, मलेसिया, कोरिया, म्यानमार, थाइल्याण्ड, रसिया र फिजी लगायत देशका करिब १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरूको सहभागिता रहेको थियो । कार्यक्रम चीनको शानडोंग प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

महोत्सवका क्रममा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी शानडोंगका ऐतिहासिक, सांस्कृतिक तथा औद्योगिक क्षेत्रहरूको भ्रमण गराइएको थियो । उक्त अवसरमा हामीलाई विन्झाओ सिटीमा अवस्थित किसान नेताको स्मारक संग्रहालय, एल्लो रिभर टावर, पार्क, तथा विश्वप्रसिद्ध कपडा उद्योग र विशाल कार्पेट संग्रहालयको अवलोकन भ्रमण तथा फोटो खिच्ने अवसर प्राप्त गरेका थियौ ।

त्यसैगरी, स्थानीय किसानद्वारा सञ्चालित फलफूल खेती जुजुको वगैचा भ्रमणका क्रममा आफ्नै हातले फल टिप्ने खाने र झोला भरि लाने कार्यक्रमले साहै रमाइलो पनि भयो । चीनको ग्रामीण जीवन नजिकबाट बुझ्ने अवसर पनि प्राप्त गरे । साथै, उडी फिल्म सिटीमा आयोजित कला, संस्कृति र नृत्य प्रदर्शनको पनि अवलोकन गर्नुका साथै मनोरन्जन पनि गर्ने अवसर प्राप्त भएको थियो ।

भ्रमणका क्रममा सहभागीहरूले तेल उत्खनन् उद्योगमा प्रयोग हुने मेसिन, विद्यालयका विद्यार्थीहरूको चिनियाँ ओपेरा, र प्राकृतिक रूपमा संरक्षित एल्लो रिभर क्षेत्रका चराहरू पनि अवलोकन गरेका थिए । यस प्रकारका अन्तर्राष्ट्रिय महोत्सवहरूले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने तथा नेपाली फोटो पत्रकारिताको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न मद्दत पुर्याउँछ भन्ने विश्वास लिएको छु ।”