१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरानै बाटोले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्छ: विप्लव,भूसाल र शर्मा



अ+ अ-

काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द  ‘विप्लव’ ,नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले पूरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वत: स्पष्ट भएको जनाउनु भएको छ ।

तीन नेताले आज एक सयुक्त बिज्ञप्ति जारी गर्दे पूरानै बाटोले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित् भएको जनाउनु भएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पूरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित् छ । पूरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वत: स्पष्ट छ ।’