१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’



अ+ अ-

काठमाडौँ। चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताएका छन् ।

समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ ( आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो ।

तिलगङ्गा आँखा प्रतिष्ठानमा आज आयोजित ‘मधुमेहले आँखामा पार्ने असर तथा नवजात शिशुमा हुने आँखाको पर्दासम्बन्धी समस्या’बारे सञ्चारकर्मीसँग अन्तरक्रियामा आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानि हुनबाट बचाउन सकिने बताउनुभयो ।

डा प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । डा प्रधानले ९ महिना नपुगि जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू¬) मा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखाको उक्त समस्या हुन सक्ने जानकारी दिनुभयो ।

यसैगरी आँखा रोग विशेषज्ञ (भिट्रो रेटिनल सर्जन) डा रबा थापाले मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोप्याथी) बारे चर्चा गर्दै मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताउनुभयो ।

“अन्तरराष्ट्रिय डायबेटिज सङ्घका अनुुसार हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको र सो का कारण डायबेटिक रेटिनोप्याथी अर्थात् मधुुमेहका कारण आँखाको पर्दामा हुने समस्या÷रोग हुने सम्भावना बढ्दछ, जसकोे उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ”, उहाँले भन्नुभयो । डा थापाका अनुसार सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानले अन्तरराष्ट्रिय रुपमा मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवस (नोभेम्बर १७) को अवसरमा यस वर्ष सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गर्दैछ । रासस