२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने



अ+ अ-

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको परिषदको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायत निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गर्नु भएको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।