१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि शुरु हुने एसईई परीक्षा पनि स्थगित



अ+ अ-


काठमाडौँ । चैत ६ गतेदेखि अर्थात भोलिदेखि हुने तय भएको एसईई परीक्षा अन्तिममा आएर स्थगित भएको छ । सरकारले अकस्मात स्थगित गरेको सो परीक्षा कहिले सञ्चालन गर्ने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन ।


कोरोना भइरसको त्रासका कारण आज सरकारले अरु धेरै आम कार्यक्रमहरुलाई स्थगित गर्दै यो परीक्षा पनि स्थगित गरेको हो । यस वर्षको यो परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुदै थिए । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबारकै निर्णय हुनेगरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।