१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।