२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र फुटबल क्लब एएफसी कपमा छनोट



अ+ अ-

काठमाडौं । मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ ।

सहिद स्मारक ुएु डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो ।

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहँदै एएफसी कपमा स्थान बनाउन सफल भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेअनुसार मछिन्द्र छनोट भएको हो ।

सातौं चरणको खेल सकिदा मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा १ अंकले अघि रहेको छ ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।  अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्न पाएको थिएन ।