१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा ३ जना पक्राउ परेका छन् । राजधानीका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको बताएपनि उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई हिजो साँझ पक्राउ गरेको हो । गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले शुक्रबार दिउसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको थियो ।

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको थियो ।