२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नमस्ते गरौँ, मन बलियो बनाऔँ’



अ+ अ-

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिए । “ यससँग जुध्न मनोबल बलियो बनाऔँ”, उनले भने, “विश्वभरि लोकप्रिय बन्दै गएको ‘नमस्ते’ नेपाली मौलिक अभिवादनमा जोड दिउँ ।”

कोरोनाबारे सचेतना, रोकथाम, अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने उपकुलपति प्राडा सिंहले बताए । विश्वविद्यालयको जनशक्तिलाई नागरिकस्तरमा सचेतना जगाउनका साथै अनुसन्धानमा जोड दिन निर्देशन गरिएको उनले जानकारी दिए । वरिष्ठ फिजिसियन डा केएन पौडेलले कोरोनाबाट बच्न रुघाखोकी लागेका मान्छेबाट दुई/तीन मिटर टाढा बस्न सुझाए।

“हातमुख राम्रोसँग धुनु, अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कनु पनि यो रोग लाग्नबाट बच्ने उपाय हो”, उनले भने, “धेरै भीडभाड गर्ने र हात मिलाउने काम पूर्णरुपले बन्द गर्न सके हामी यो रोग सङ्क्रमण हुने समस्याबाट बच्छौँ ।”