१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपालको राजनीतिको केन्द्रबिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजकको हैसियतमा उनी शक्ति सन्तुलनको प्रमुख खेलाडी बनेका छन् ।

२०२४ जुलाईमा तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर बाहिरिएका प्रचण्डले त्यसयता पार्टीभित्र र बाहिर एकताको सन्देश दिँदै आएका छन् । हालैका घटनाक्रमहरूले उनलाई फेरि शक्ति केन्द्रको प्रमुख पात्र बनाएको छ । जसमा युवा आन्दोलनको प्रभाव, भ्रष्टाचारविरुद्धको संघर्ष र कम्युनिस्ट दलहरूबीचको एकीकरण प्रक्रिया प्रमुख छन् ।

युवा आन्दोलन र प्रचण्डको प्रतिक्रिया

२०२५ को सेप्टेम्बरमा नेपालमा भएको ‘जन जेड’ (जेन जी) आन्दोलनले राजनीतिक उथलपुथल निम्त्यायो । बेरोजगारी, भ्रष्टाचार र विकास मोडेलको असफलताकाविरुद्ध युवाहरू सडकमा उत्रिए । जसले तत्कालीन सरकारलाई नै विस्थापन ग¥यो । यस आन्दोलनमा प्रचण्डले युवाहरूलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतिक जागरणको संकेत ठाने । पेरिसडाँडामा शहीद परिवार संघ नेपालको सभामा बोल्दै उनले भनेका थिए ‘युवा आन्दोलनले नयाँ राजनीतिक जागरणको संकेत गरेको छ । यो संकटलाई सामना गर्न वामपन्थीय एकताबाट मात्र सम्भव छ ।’ उनले शान्ति प्रक्रियाको अपूर्णतालाई पनि स्वीकार गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता दोहो¥याए । यो घटनाले प्रचण्डलाई विपक्षी भुमिकामा बलियो बनायो । जसले उनलाई शक्ति सन्तुलनको केन्द्रमा लग्यो ।

वाम एकीकरणको ऐतिहासिक कदमः १८ बुँदे सम्झौता

हालैको सबैभन्दा चर्चित गतिविधि भनेको आठ कम्युनिस्ट दलहरूबीच भएको १८ बुँदे सम्झौता हो । काठमाडौंमा आईतवार साँझ भएको यो सम्झौतामा प्रचण्डको माओवादी केन्द्रसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी)  जनसमाजवादी पार्टी, नेपाल,  नेकपा (साम्यवादी) र नेकपा (माओावदी समाजवादी) र नेकपा सहभागी छन् । यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट चिरनको समूह पनि सामेल भएको छ ।

सम्झौताको मुख्य उद्देश्य माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन गर्नु हो । यसले जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै समाजवादतर्फ शान्तिपूर्ण आन्दोलनमार्फत अघि बढ्ने लक्ष्य राखेको छ । प्रचण्डले यो सम्झौतामा हस्ताक्षर गर्दै माओवादको ‘प्रचण्डपथ’ लाई औपचारिक रूपमा त्यागेर नेपाल कम्युनिस्ट पार्टी युगको माक्र्सवाद–लेनिनवादतर्फ फर्कने निर्णय गरेका छन् । यसलाई उनको वैचारिक पुनर्संरचनाको रूपमा हेरिएको छ । जसले सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियातर्फको संक्रमणलाई जोड दिन्छ ।

प्रचण्डको भुमिका यस प्रक्रियामा मुख्य छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको समन्वयमा उनी समन्वयकर्ताको जिम्मेवारीमा छन् । राष्ट्रिय एकता सम्मेलन कार्तिक १९ मा हुनेगरी तयारी भइरहेको छ । जसमा घोषणापत्र, अन्तरिम विधान र केन्द्रिय समिति गठन हुनेछ । पार्टीको चुनाव चिन्ह ‘पञ्चकुण्डलिय तारा’ तोकिएको छ । तर नाम अझै टुंगो लाग्न बाँकी छ । छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने योजना छ ।

आन्तरिक असहमति र चुनौतीहरू

एकता प्रक्रियामा प्रचण्डको नेतृत्वमाथि आन्तरिक असहमतिहरू पनि देखिएका छन् । पार्टी सचिवालय सदस्य जनार्दन शर्माले आईतवारको बैठक बहिष्कार गर्दै प्रचण्डको समन्वयमा एकता अघि बढाउन असहमति जनाउनुभएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई ‘अनुशासनहीनता’ भन्दै कारबाहीको संकेत गर्नुभएको छ । यद्यपि प्रचण्डले पार्टी एकताको दाबी गर्दै शनिवार भन्नुभएको थियो, ‘पार्टी एकजुट छ, आन्तरिक मतभेदले एकतालाई असर गर्दैन ।’

प्रचण्डले काउन्टर–क्रान्तिको चेतावनी दिँदै वाम, देशभक्त र क्रान्तिकारी शक्तिहरूको एकताको आह्वान गर्नुभएको छ । उहाँले राष्ट्रिय संकटलाई साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको द्वन्द्वका रुपमा लिनुभएको छ । यो एकीकरणले आगामी निर्वाचनमा वामपन्थीय शक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

फेरि शक्ति केन्द्रमा प्रचण्ड 

२०८२ को भदौदेखि नै नेपालमा राजनीतिक अस्थिरता चर्किएको छ । जसमा प्रचण्डको भुमिका निर्णायक छ । जेन जेड क्रान्तिपछि प्रचण्डले विशेष महाधिवेशनको प्रश्ताव गरेर पार्टी पुनर्संरचना गर्न खोज्नुभएको थियो । कार्तिक १९ मा एकीकरणले उनलाई वाम शक्तिको नायक बनाउन सक्छ । तर आन्तरिक र वाह्य चुनौतीहरू कायम छन् । प्रचण्डको यो यात्राले नेपालको राजनीतिलाई नयाँ दिशा दिनसक्ने सम्भावना छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सामाजिक न्यायको सुनिश्चितता गर्ने विश्वास गरिएको छ । प्रचण्डको हालका गतिविधिहरूले देखाउँछन् – उनी शक्ति केन्द्रमा मात्र होइनन्, परिवर्तनको इञ्जिन पनि बनेका छन् । वाम एकीकरणको यो प्रयास सफल भए नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आउन सक्छ ।

 अनुपम भट्टराई/न्युज एजेन्सी नेपाल