२५ भाद्र २०८३, बिहीबार
,
Latest
आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने: ओली (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले काँग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । 

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गर्नु भयो । उहाँले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गर्नु भयो । दलहरुसँग परामर्श समेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धि तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो । उहाँले दलहरुको निर्वाचन चिन्हको रङ ब्लाकेन्टह्वाईट भएको भए मान्य हुने धारणा पनि राख्नु भयो । निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उहाँले सचेत गराउनु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘निर्वाचन आयोगले पनि दलहरुसँग परामर्श गर्नु पर्छ । अनि निर्वाचन चिन्हहरुको रङ पनि दलहरुको परामर्श लिनुपर्दैन । कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरु हुन यी । त्यसकारण निर्वाचन आयोगले सत्ता गठबन्धनसँग भित्री परामर्श गरेर हरियो, निलो रङ राख्नुपर्ने रङ बदल्नुपर्ने अनि अहिलेसम्म रङको कारणले चनाव चिन्ह चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र । हामीले रङको कारणले चिनेनौं रङको कारणले कन्फ्युन भयो भन्ने त आएन । त्यसकारण रङ बदलेर हरियो चाँही किन राख्नु प¥यो ? चिन्हमा हरियो रुखलाई किन राख्नु प¥यो ? तर अरुको चाँही चिन्ह त्यस्तो नमिल्न सक्छ । सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाकेन ह्वाईटमा जानुप¥यो । कि जसको जुन चिन्ह हो, त्यही अनुसार हामीलाई रातो सूर्य देऊ । 

अनि हामीलाई रातो सूर्य नहुने अनि रुखको जस्तो रङ छ, त्यस्तै गर्नुपर्ने ? यो सत्तासाठगाठ होइन भने के हो ? निर्वाचन आयोगले यस्ता कुराहरु दलहरुसँग परामर्श नगरी गर्दै जाने कुराहरु उचित होईनन् । र यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप उही भरतपुर काण्ड, सिरहा काण्ड उस्तै देखिने त होइन ? त्यस्तै हुँदै जाने त होईन । त्यो देखिदै आएको छ । पहिलो निर्वाचन आयोगको जस्तो खालको क्रियाकलाप थियो, गतिविधि थियो । स्पष्टै एमाले विरुद्ध थियो । यो कुरा नदोहोरियोस् भन्ने हामी चाहन्छौं । प्रसंग के मात्रै हो भने हामी निर्वाचन तर्फ जाँदैछौं । निर्वाचनको तयारीतर्फ जाँदैछौं । तयारीका क्रममा यस्ता कुराहरुले हामीले सजकताका साथ हेर्नुपर्छ । र, मैले भन्ने गरेको छु–यस पल्ट हामी मतपेटिका आँखाबाट ओझेल परेको हुन दिन मञ्जुर गर्दैनौं । किनभने हाम्रो आँखा अगाडि मतमेटिका हुनुपर्दछ । हाम्रो आँखा अगाडि मत हालिनुपर्दछ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा हुनुपर्दछ ।’

अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।