२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमाज पढ्ने कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ । लागेको छ ।

विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो । नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आफु पनि बाँचौ अरुलाई पनि बचाऔँ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ । मस्जिदले आ—आफ्नो ठाउँबाट नमाज पढ्नपनि अनुरोध गरेको छ । कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ ।

यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गर्नुभएको थियो ।