१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

पार्टीहरूबीच एकता फेरि पनि भद्रगोल र दलदलको अर्को नाम मात्र बन्नेछ

पार्टीहरूबीच एकता फेरि पनि भद्रगोल र दलदलको अर्को नाम मात्र बन्नेछ
अ अ+ अ-

निजी बिचार,सिद्धान्तको बलमा एकता: जनविश्वास पुनःस्थापनाको मार्ग।

एकता भन्नासाथ सबैमा नयाँ उत्साह र आशा जागृत हुन्छ सहकार्य, सामूहिक जिम्मेवारी र साझा लक्ष्यको भावना जन्मिन्छ।जनताले पनि त्यसलाई सकारात्मक दृष्टिले हेर्छन्, किनभने एकता भनेको विभाजन अन्त्य गरी स्थायित्व र विकासको बाटो खोल्ने अपेक्षा हो।

तर नेपालको राजनीतिक इतिहासले बारम्बार देखाएको कठोर यथार्थ के हो भने एकता प्रायः भावनात्मक रूपमा सुरु भएर स्वार्थ र सत्ताको खेलमा समाप्त हुने गरेको छ।

कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्दा देखिन्छ जब–जब शक्ति एकत्रीकरणका नाममा एकता गरियो, तब–तब सिद्धान्तको स्पष्टता र जनताप्रतिको प्रतिबद्धता कमजोर बन्न पुगे।

त्यसको परिणाम संगठन ठूलो देखिए पनि दिशा हरायो नारा तातो रह्यो तर व्यवहार चिसो बन्यो।

केही बर्ष अघि एमाले र माओवादी केन्द्रबीच भएको एकता नेपाली राजनीतिक इतिहासमा एक ऐतिहासिक क्षण थियो।

जनताले ठूलो आशा गरेका थिए यो एकता स्थिर सरकार, दीर्घकालीन विकास र समाजवादको दिशातर्फ ठोस कदम बन्नेछ भन्ने विश्वासमा देश एकताबद्ध भएको थियो।

तर त्यो आशा धेरै लामो समय टिकेन।

शुरूमा नयाँ विचार,नयाँ शक्ति सन्तुलन र कम्युनिस्ट एकताको आदर्शका नारा दिइए पनि व्यवहारमा त्यो सिद्धान्त होइन, पद र सत्ताको समीकरणमा सीमित भयो।दुवै पार्टीका शीर्ष नेताहरूबीच विश्वासको कमी, नीति–कार्यक्रममा मतभेद र संगठनात्मक कार्यशैलीमा असमानता नै एकता भत्किनुको प्रमुख कारण बने।

संगठनको दिशा, सिद्धान्त र वर्गीय दृष्टिकोण हरायो।

संख्यात्मक विस्तारलाई नै शक्ति ठानियो, तर सैद्धान्तिक दृढता, अनुशासन र वर्गीय निष्ठा उपेक्षित रह्यो।

फलस्वरूप जनतामा निराशा फैलियो, कार्यकर्तामा असन्तुष्टि बढ्यो, र अन्ततः कम्युनिस्ट एकताको ऐतिहासिक प्रयोग भत्कियो।यो मात्र दुई पार्टीबीचको विफलता होइन,

नेपालको कम्युनिस्ट आन्दोलनकै एक महँगो राजनीतिक गल्ती हो, जसले जनताको विश्वासमा दरार ल्यायो।

आज फेरि राजनीतिक वृत्तमा एकता र ध्रुवीकरणको चर्चा चर्किएको छ।तर प्रश्न उठ्छ के यो पटकको एकता विगतका गल्तीहरू सच्याउने वास्तविक (genuine) प्रयास हो?

वा फेरि पनि सत्ताको गणित, पद बाँडफाँड र व्यक्तिगत स्वार्थको मेलो मात्र? अतीतको आत्ममूल्यांकन बिना,सिद्धान्तमा स्पष्टता र जनभावनाको सम्मान बिना,केवल चुनावी सुविधा र सत्ताको समीकरणका कारण गरिने एकता त्यो राजनीतिक भद्रगोल र जनविश्वासको अर्को क्षति हुनेछ।

कम्युनिस्ट आन्दोलनको मुख्य चुनौती सधैं विचारको अस्पष्टता र सत्ताको मोहनै रहँदै आएको छ।त्यो यदि पुनः दोहोरियो भने एकता होइन दलदल पुनर्जीवित हुनेछ।साँचो एकता संख्या वा सत्ता सन्तुलनमा होइन सिद्धान्तमा दृढता, वर्गीय चेतना र संगठनात्मक अनुशासनमा हुन्छ।एकता भनेको पद बाँडफाँड होइन, समान लक्ष्य र वर्गीय दृष्टिकोणको एकीकरण हो।

वर्गीय संघर्षलाई नबुझी, जनताको आकांक्षा सुनेर नीति बनाउन नसकी,केवल शक्ति सन्तुलनका लागि गरिने एकता कहिल्यै टिक्दैन।त्यो केवल व्यक्तिहरूको अस्थायी सम्झौता हो,विचारहरूको स्थायी प्रतिबद्धता होइन।

त्यसैले यदि फेरि पनि एकता गर्नै हो भने पहिले सिद्धान्तको जग बलियो हुनुपर्छ,दोस्रो आत्ममूल्यांकनको प्रक्रिया निष्कपट हुनुपर्छ र तेस्रो जनभावनालाई नै केन्द्रमा राख्नुपर्छ।त्यो भए मात्र एकता आन्दोलनको पुनर्जागरण बन्न सक्छ नत्र फेरि पनि एकताको नाममा विभाजन दोहोरिनेछ।

नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासमा ठूलो योगदान दिएको छ जनयुद्धदेखि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र सामाजिक रूपान्तरणका मुद्दासम्म।

तर अहिले आन्दोलन crossroads मा उभिएको छ।

आज आवश्यक छ गहिरो आत्ममूल्यांकन, वैचारिक पुनर्संरचना र व्यवहारिक जनमुखी प्रतिबद्धता।

जनताले अब खोक्रा नारा होइन, व्यवहारमा देखिने इमानदार एकता खोजिरहेका छन्।

त्यसैले, यदि पार्टीहरूबीच एकताको कुरा उठ्छ भने त्यो विचार, नीति र जनसेवामा आधारित हुनुपर्छ।

त्यो एकता सत्ताको होइन, सिद्धान्तको होस्।

प्रतिस्पर्धाको होइन, प्रतिबद्धताको होस्।

यदि त्यो सम्भव भयो भने मात्र नेपालको कम्युनिस्ट आन्दोलन फेरि जनताको विश्वास जित्न सक्षम हुनेछ।

नत्र, फेरि पनि त्यो भद्रगोल र दलदलको अर्को नाम मात्र बन्नेछ।

-मिङ्मा डण्डु शेर्पा नेकपा माओवादीका युवा नेता हुनुहुन्छ