६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति



अ+ अ-

काठमाडौं । वृहत्तर राष्ट्रवादी एकता कायम गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित ‘नागरिक बचाउ महाअभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाई र पूर्व सांसद डा. धवलशमशेर राणाको समूहबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।

सम्झौतापत्रमा राष्ट्रको भौगोलिक अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता र सभ्यतागत निरन्तरताको संरक्षणलाई आधार बनाउँदै राष्ट्रवादी शक्ति निर्माण गर्ने साझा लक्ष्य राखिएको उल्लेख छ। दुवै पक्षले नेपालको ऐतिहासिक सभ्यता, परम्परा र सामूहिक राष्ट्रिय चेतनालाई राज्य स्थायित्व र एकताको मूल आधार मान्दै राजनीतिक स्थिरता कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

दस्तावेजमा वैदिक सनातन हिन्दु अधिराज्यको अवधारणा, किराँत र बौद्ध सभ्यतासहितको सांस्कृतिक पहिचानलाई समेटेर राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ। साथै, संवैधानिक राजसंस्थाको पुनर्स्थापनासहित लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक संरचना आवश्यक रहेको दाबी गरिएको छ।

सम्झौतामा विदेशी प्रभाव र आन्तरिक विभाजनका विरुद्ध राष्ट्रलाई सुदृढ दिशामा अघि बढाउने उद्देश्य राखिएको छ।

नयाँ राजनीतिक दलको अवधारणाअन्तर्गत दोहोरो नागरिकता सम्बन्धी सहज नीति, “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने सिद्धान्त, लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याज पीडितहरूको समस्या समाधान, र भूमिहीन तथा सुकुम्बासी नागरिकको दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिने उल्लेख छ। त्यस्तै असंलग्न परराष्ट्र नीति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण तथा स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्रलाई पनि मुख्य एजेन्डा बनाइने सहमति छ।

सम्झौतामा विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान तथा व्यक्तिहरूलाई समेटेर नयाँ दल गठन गर्ने र त्यसमा ६० प्रतिशत युवा तथा महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

दुवै पक्षले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई मार्गदर्शक दर्शनका रूपमा लिँदै सुधारमुखी संघीयताको अवधारणालाई समेत अगाडि बढाउने सहमति गरेका छन्।