२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ जनाभन्दा बढी मलामी जान नपाउने



अ+ अ-

काठमाडौं । अव मलामी जादाँपनि २५ जना भन्दा बढी जान नपाउने भएका छन् । पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी नआउनु अनुरोध गरेको छ ।

सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सुचना जारी गर्दै सामूहिक भजनर्कीतन पनि रोकेको छ । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं,’ कोषका सदस्य सचिव प्रदीप ढकाल भने,’अपेक्षा छ कि सबैले यसको पालना गरिदिनुहुनेछ ।’

उनका अनुसार नियमित नित्य पूजा भएपनि बाहिरको पशुपति आरती भने शनिबारदेखी बन्द हुनेछ । उनले अघि भने,’विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।’

कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ ।

त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्याइएको छ ।