२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री पुनको झटारोः सर्को तानेको बेला केही नबोलौं–नलेखौँ



अ+ अ-

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले व्यंग्य गर्दै सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।

केही आशालाग्दा अभियन्ता र अगुवाहरूले ‘सर्को तानेर’ बोल्ने र लेख्ने गरेको अनुमान व्यक्त गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले लेखेका छन्, “केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केहि छैन। तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।”

उनको यो टिप्पणी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गएराति सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि आएको हो । बालेनको उक्त स्टाटसपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्री पुनको उक्त भनाइलाई धेरैले मेयर बालेनतर्फ लक्षित संकेतका रूपमा लिएका छन् ।