२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलिबाबाका संस्थापक ज्याक माले कोरोनासँग लड्न नेपाललाई सहयोग गर्ने



अ+ अ-


काठमाडौँ । चीनका खर्बपति तथा अलिबाबा नामक बहुराष्ट्रिय कम्पनीका संस्थापक ज्याक माले कोरोना भाइरससँग जुध्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने बताएका छन् ।
उनले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने जानकारी दिएका हुन् । उनले शनिबार ट्वीटरमार्फत यो सहयोगको घोषणा गरेका हुन्। उनले यी देशलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक र केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।

तर उनको ट्वीटमा कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भन्ने बारेमा भने उल्लेख गरिएको छैन । ज्याक माको स्वास्थ्य सामग्री प्राप्त गर्ने मुलुकहरु नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का हुन् । यसअघि ज्याक माले आफ्नो फाउन्डेसन ज्याक मा फाउन्डेसन र कम्पनीको अलिबाबा फाउन्डेसनमार्फत अमेरिका, इटली र अफ्रिकी मुलुकमा स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् ।