१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना संक्रमणमा सरकारकाे तयारी तिब्र, छ वटा कार्यदल गठन



अ+ अ-

काठमाडाैंः

सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल बनाएको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति मातहत रहनेगरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ ।

स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ । देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ । यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै निर्णय,निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षाममन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री खतिवडाले सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको जानकारी दिनुभयाे । यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको उहाँले बताउनुभयो । स्वयमसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गा दिनेहरुलाई स्थानीय र प्रदेश सरकार मार्फत सहकार्य गरी अगाडी बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।