२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकको छानबिन गर्नुपर्ने



अ+ अ-

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकको छानबिन गरी कारबाही गर्न अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएकाहरुकै कारण शैक्षिक गुणस्तर खस्किएको हुनसक्ने भएकाले छानबिन गर्नुपर्ने मागसहित अख्तियारमा उजुरी पर्न थालेको हो ।

नेपालमा शैक्षिक बेरोजगार दिन प्रतिदिन बढिरहेको छ । तर कतिपय सरकारी निकायमा नक्कली शैक्षिक प्रमाणपत्रका भरमा जागिरमा हालीमुहाली गरिरहेको खुलासा भइसकेको छ ।

नेपालका सरकारी तथा सामुदायिक बिद्यालयहरूमा बिकराल स्थिति छ । यस्तो समस्यालाई सम्बोधन नगरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिँदैन ।

भोजपुरका गणेशप्रसाद पराजुली यसका एउटा प्रतिनिधि पात्र हुन् । निजले भारतबाट नक्कली शैक्षिक बनाई एसएलसी सरहको समकक्षता कायम गराई २०३३ मङ्सिर २७ गतेदेखी शिक्षकमा नियुक्ति मात्र लिएनन् कि भोजपुरको पन्चकन्या प्राथमिक विद्यालय, वासिङ्थर्पुमा विद्यालयको प्रधानाध्यापकसमेत बने ।

उक्त बिद्यालय माध्यमिक बनिसकेको छ । उनी हाल सुनसरीबाट पेन्सन खाइरहेका छन् । यस बिषयमा सम्बन्धित निकायमा जिज्ञासा राक्दा सरकारी तथा सार्वजनिक निकायमा नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागीर खाई भ्रष्टाचार गर्ने उपर छानबिन गर्ने जनाएको छ ।

उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता भ्रष्ट प्रवृत्तिबाटका ब्यक्तिहरूको गहन छानवीन गरेमा ठूलै गिरोह कामकारबाहीको दायरामा आउने देखिन्छ । यस्ता भ्रष्ट कार्यबाट शैक्षिक प्रणालीमा गम्भीर प्रश्न उठाएको छ ।

शिक्षाविदहरू भन्छन्, नक्कली प्रमाणपत्रका भरमा शिक्षक बनेकाहरूकै कारण शैक्षिक गुणस्तर खस्किएको हो ।

देशको भावी पुस्तालाई नक्कली शैक्षिक प्रमाण धारण गरेका शिक्षकले कस्तो शिक्षा दिए होलान् भन्ने प्रश्न पनि उठेको छ ।
त्यस्ता भ्रष्ट ब्यक्तिहरूले लिएको तलब र पेन्सन असुल गरी शैक्षिक गुणस्तर सुधार गर्न प्रयोग गर्नुपर्ने सुझाव शिक्षाविद्को छ ।