२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वस्थ महसुश भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएको भन्दै अस्पताल भर्ना गरिएको छ । उहाँलाई गएराति करिब ११ बजेतिर अप्ठेरो महसुश भएको भनेपछि अस्पताल भर्ना गरिएको हो। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको सो अस्पताल स्रोतले जानकारी दिएको छ ।

भर्ना भएपछिको उनको स्वास्थ्य अवस्थाको बारेमा भने कुनै पनि थप विवरण अस्पतालले दिएको छैन । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

त्यसपछि उनलाई स्वास्थ्यमा खासै समस्या देखिएको थिएन । ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै अझै केही दिन अस्पतालमै राख्न खोजेका थिए । पछि उनको डिस्चार्ज गर्न प्रधानमन्त्री आफै र बालुवाटार सचिवालयबाट दबाब आएको भनिएको थियो । त्यसपछि चिकित्सकले कडा सावधानी अपनाउन सुझाव दिएका थिए।