२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै दाजुले गरे भाइको हत्या



अ+ अ-

काठमाडौं । ‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै आफ्नै दाइले भाइको हत्या गरेका छन् । भारतको मुम्बई कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका भाइ दुर्गेसको हत्या गरेका हुन् । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाइको आदेश नमान्दै भाइ घरबाहिर निस्किका थिए ।

यही कुरामा दुवैबीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिएपनि डाक्टरले उनलाई बचाउन सकेनन, मृत घोषणा गरे ।

‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । पुनामा वेटर काम गर्ने दुर्गेस ‘लकडाउन’का कारण एक साता अघि मात्र घर आएका थिए ।