१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

सञ्चारमन्त्री खरेलको प्राथमिकताः दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

सञ्चारमन्त्री खरेलको प्राथमिकताः दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन
अ अ+ अ-

काठमाडौँ । पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो ।

तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पुर्‍याउने अभियानअन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुसार तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठूलो राहत भएको छ । अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो ।”

तिलिचोमा मात्रै होइन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखि सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ । तलकोट गाउँपालिका(४ बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिनुभयो । उहाँका अनुसार तलकोट–१ र ४ सेवा सुरु भएसकेको छ भने जयपृथ्वी नगरपालिका–१ र ५ मा पनि चाँडै फोरजी सेवा सञ्चालन गरिनेछ उहाँको भनाइ छ ।

तलकोट–४ का अध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपतकालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज भएको बताउनुभयो ।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका–५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी उक्त सेवा सञ्चालमा ल्याइएको छ ।

प्रमुख गुरुङले भन्नुभयो, “पहिला सञ्चारको समस्या थियो । डाँडा, खोँचतिर टेलिफोनको टावर टिप्दैनथ्यो । अब स्थानीयले टेलिकमको भ्वाइस र डाटा सहज रुपमा उपयोग गर्न पाएका छन्, यसले उनीहरुको दैनिक जीवनमा सञ्चार आदनप्रदान, डिजिटल भुक्तानीलगायतमा सहज भएको छ ।”

दार्चुलाको लेकम गाउँपालिकाको सर्मौली भन्ने स्थानमा टावर निर्माण भई यथाशीघ्र टुजी र फोरजी सेवा सञ्चालनमा आउनेछ । मालीकार्जुन गाउँपालिकामा पनि टावर बनिसकेको र छिट्टै सेवा सञ्चालनमा आउने तयारी छ ।

त्यसैगरी, डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए ।

उक्त विषयमा मन्त्रालयमा प्राप्त गुनासोपछि मन्त्री खरेलले तत्कालै समन्वय र ताकेता गरेर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिनुभएको थियो । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन भएको हो । स्थानीय प्रकाशमान सिंहले अवरुद्ध टेलिकमको सेवा सञ्चालन भएसँगै स्थानीयलाई ठूलो राहत मिलेको बताउनुभयो ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार अगाडि बढाएको जनाएको छ । कर्णाली प्रदेशभर फोरजी तथा फाइबरनेटको पहुँच विस्तार गरिने र हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको निर्देशनालयले जनाएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका र हुम्लाको हिल्सामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको टेलिकमले जनाएको छ । सञ्चार मन्त्रालयले जुनसुकै ठाउँमा सञ्चार सम्पर्क अवरुद्ध भएमा तत्काल मर्मत तथा पुनः सञ्चालनका लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५ र मन्त्रालयको सिधा ९८५१४१०१०१ ह्वाट्सएप नम्बरमा खबर गर्न अनुरोध पनि गरेको छ ।

राष्ट्रिय सञ्चार नीति, २०४९ मा ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढाउने लक्ष्य लिइएको छ । सोहीअनुरुप सबै जिल्लामा दूरसञ्चार सेवा पुगे पनि केही स्थानीय तहमा अझै यो सेवाको पहुँच विस्तार हुन सकेको छैन । उक्त नीतिमा राष्ट्रिय विकासको पूर्वाधारका रुपमा दूरसञ्चार सेवाको विकास गर्न यस सेवालाई अत्यावश्यक सेवा विकसित एवं विस्तार गर्दै जाने भनिएको छ । आमजनतालाई उपयोगी, दक्ष, भरपर्दो र निर्वाध सञ्चार सेवा उपलब्ध गराउन उपयुक्त अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै जाने पनि नीतिमा उल्लेख छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विषेश प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । उहाँले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इञ्जिनियरलगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहनुभएको छ ।

मन्त्री खरेलले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले दुर्गम क्षेत्रहरुमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुरुप पछिल्लो समय दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचोलगायत क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । यो सेवाले स्थानीय र पर्यटकलाई सहयोग पुग्नेछ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तारले सञ्चार सम्पर्कमा सहज हुनुका साथै डिजिटल भुक्तानी पनि सहज भएको छ । विशेषगरी ती क्षेत्रमा जानु पर्यटकहरुका लागि भुक्तानी गर्न समस्या भएकामा अहिले इन्टरनेट सेवा विस्तारले सहज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्याण्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५ दशमलव ९६ प्रतिशत र एनसेलको ४४ दशमलव ०४ प्रतिशत पुगेको छ । अर्थात् गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगतकर्ता एक करोड ५३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन् ।

प्राधिकरणका अनुसार हाल हाल फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड) ४८ दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने फिक्स्ड ब्रोडब्याण्ड ९वायरलेस० शून्य दशमलव ४१ प्रतिशतमा पुगेको छ । साथै मोबाइल ब्रोडब्याण्ड ९१ दशमलव ५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ ।

साथै मुलुकभर हालसम्म फोरजी सेवा ८८ दशमलव ६८ प्रतिशत, फाइभर सेवा ४८ दशमलव ८१ प्रतिशत, टुजी सेवा १० दशमलव ३६ प्रतिशत र थ्रीजी सेवा दुई दशमलव ८६ प्रतिशतमा पुगेको छ ।

खरेल सञ्चारमन्त्रीमा नियुक्त भएपछि मन्त्रालयले सुशासन, डिजिटल रुपान्तरण, डिजिटल अर्थतन्त्र, नविनतम प्रविधिको प्रवद्र्धन र युवाहरुको संलग्नताका सम्बन्धमा  जेनजी युवाका प्राविधिक क्षेत्रका जानकारसँग सुझाव लिएको थियो । डिजिटल रुपान्तरणसम्बन्धी अन्तरक्रियामा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्द्धन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइने बताउनुभएको थियो । उहाँले सुशासनका लागि डिजिटल रुपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धनमा युवापुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने बताउनुभयो ।

नेपालमा विद्यमान ‘डिजिटल डिभाइड’ कम गर्न प्रत्येक नागरिकमा इन्टरनेट र मोबाइल फोनको पहुँच पुर्‍याउन र प्रविधिमा साक्षर बनाउन प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।

सूचना प्रविधिको विकाससँगै यसबाट सिर्जित वहुआयामिक अवसरले देशभित्र र विदेशमा रोजगारीको अवसर बढ्न गई देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । सार्वजनिक सेवा प्रवाह प्रक्रिया थप सहज, सुलभ र पारदर्शी बन्न पुगेको छ भने टेलिमेडिसिन, इ–लर्निड, इ–कमर्सलगायतका सेवामा भएको विकास विस्तारले दुर्गम तथा विकट स्थानमा बसोबास गर्ने आमनागरिकले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने अवसर सृजना भएको छ ।

सञ्चारमन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्वसूचना प्रणालीले महत्वपूर्ण काम गरेको र जनधनको क्षति न्यूनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो ।