२८ भाद्र २०८३, आईतवार
,
Latest
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई फोन गरेर के भने ?



अ+ अ-


काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका छन् । उनले हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसको विषयमा आज फोन गरेका हुन् ।

चिनियाँ मिडियाले दिएको समाचारअनुसार चिनियाँ राष्टपति सिले ट्रम्पलाई फोन गरी हालको प्राणघातक कोरोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेर सो प्रस्ताव राखेको बताइएको छ । चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङ्क्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको वुहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङ्क्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेको बुझिएको छ ।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङ्क्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार भन्दा बढीको ज्यान गइसकेको छ ।