३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका
अ+ अ-

काठमाडौं । नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीतसङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जानेक्रम बढेको देखिन्छ ।

चलचित्र सफलताको श्रेय पटकथालाई दिनेगरे पनि प्रचारप्रसार र दर्शक आकर्षित गर्ने तत्वका रुपमा गीतसङगीत क्षेत्रलाई जान्छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र सफल हुनुमा गीतसङ्गीतको महत्वपूर्ण भूमिका थियो । किनकि ती चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउनै सकेन ।

प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि गीतसङगीतमा उलेख्य लगानी गरेको पाइँदैन । सङगीतकार अर्जुन पोखरेलका अनुसार गीतसङ्गीतलाई अडियो झैँ श्रव्यदृश्य पनि आकर्षक बनाउन आवश्यक छ ।

“चलचित्रमा प्रयोग गरिने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङग्रहमा भने त्यो लागु हुँदैन, तर चलचित्रमा गीतसङ्गीतको चर्चापरिचर्चा प्रभावकारी रुपमा प्रवाह हुनेगर्दछ । त्यसले चलचित्रमा मात्र नभई गीतसङ्गीतमा पनि लगानी बढ्नु आवश्यक छ”, सङ्गीतकार पोखरेलले भन्नुभयो ।

‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’ जस्ता चलचित्र सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ मा समावेश गीत ‘तिमीलाई के भनू’ मा स्वर दिएपछि पाश्र्वगायनमा लोकप्रिय हुनुभएका गायक युवराज चौलागाईंले चलचित्रका गीतले पहिचान स्थापित गरिदिएको स्वीकार्नुभयो ।

“मैले पाश्र्वगायन अगाडि गीतिसङ्ग्रहमा गीत गाएँ, ती लोकप्रिय पनि भएँ । तर, चलचित्रका लागि गीत गाउन थालेपछि मेरो लोकप्रियता बढेको हो । चलचित्रमा स्थापित कलाकार र प्राविधिक हुने भएकाले पनि यसको लोकप्रियता एकल गीतिसङ्ग्रहको तुलनामा बढी पाएको छु”, उहाँले भन्नुभयो ।

पाश्र्वगायनसँगै आधुनिक गीतसङ्गीतमा व्यस्त गायक चौलागाईंले चलचित्रका लागि आफैँले पनि गीत तयार गर्दै आउनुभएको छ । चलचित्र निर्देशक पुर्नेन्दु झाका अनुसार चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुन्छ ।

“चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य सामाग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भन्नुभयो ।

उहाँले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को प्रचारको सुरुआत गीतमार्फत नै गर्नुभएको थियो । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन । तर, अधिकांश नेपाली चलचित्रमा गीतसङ्गीतको भूमिका महत्वपूर्ण हुने गरेको छ ।

यद्यपि, पछिल्लो समय पर्याप्त समय नहुँदा गीतसङ्गीतमा राम्रोसँग काम गर्न नपाएको गुनासो सङ्गीतकर्मीले गर्ने गरेका छन् ।