२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यातयोग्य नरहेका भन्दै तिब्बतमा रोकिए नेपाल ल्याउने स्वास्थ्य सामग्री



अ+ अ-

काठमाडौं । नेपाल ल्याइन लागिएका भनिएका पिपिईलगायतका स्वास्थ्य सामग्रीहरु नआउने भएका छन् । चीनको एक व्यापारिक कम्पनीले ‘डोनेसन’मा दिएका करीव दुई हजार थान कोरोना टेस्टिङ किटसहितका सहायता सामाग्री निर्यातयोग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउनबाट रोकेको हो।

ल्हासा पुगेका सामग्री बेइजिङबाट पठाइएको चार दिनपछि शनिबार पुगेका थिए । शनिबार नै चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले नेपाल ल्याउन नदिएको जानकारी प्राप्त भएको ल्हास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले शनिबार अपरान्हमात्र विदेश विभागले निर्यात गर्ने लिष्टमा नरहेको भनी जानकारी गराएको बताए । उनले आफूहरुले ती कार्गो सामग्री जिम्मा नलिएको पनि बताए । राईले ती सामान बेइजिङमै फिर्ता गरिने जानकारी दिए ।

नेपाललाई एउटा निजी चिनिया कम्पनीले केही दिनअघि कोरोना संक्रमण विरुद्ध टेस्टिङ किटहरु सहयोग गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासमार्फत हस्तान्तरण गरिएका सामग्री ल्हासा पुग्नै चार दिन लागेको राईले बताए ।

यसबीचमा चिनियाँ स्वास्थ्य विभागले ती सामग्रीको गुणस्तर मापन गर्दा निर्यातयोग्य नदेखिएको भन्दै नेपाल पठाउनबाट रोकेको हो । ती सामग्री चीन सरकारले दिएका नभई सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि रोकिएको स्रोतले जनाएको छ ।

ती सामग्री लिन आजै नेपाली विमान गएको थियो । तर अब विमान आजै फर्किने कि नफर्किने भन्ने बारेमा कुनै टुंगो भएको छैन ।